व्यवसायिक किसानलाई गाउँपालिकाले जग्गा भाडावापत ५ लाखसम्म दिने – Nepal Press

व्यवसायिक किसानलाई गाउँपालिकाले जग्गा भाडावापत ५ लाखसम्म दिने

काठमाडौं । जमिन भाडामा लिई खेती गर्ने किसानलाई मकवानपुरगढी गाउँपालिकाले भाडावापत ५ लाख रुपैयाँसम्म दिने भएको छ ।

गाउँपालिकाले सोमबार जमिन भाडामा लिइ खेती गर्ने किसानलाई ५ लाखसम्म भाडावापतको रकम दिने निर्णय गरेको हो ।

गाउँपालिकाले एक पटक प्रतिरोपनी बढीमा दुई हजार रुपैयाँका दरले पाँच लाखसम्म भाडावापतको रकम दिनेछ । किसानले कम्तीमा तीन कठ्ठा अर्थात दुई रोपनी जमिन कम्तीमा तीन वर्षको लागि भाडामा लिनुपर्नेछ ।

बाँझो जमिन भाडामा लिई खेती गर्नेलाई विशेष प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । त्यस्तै विपन्न, सीमान्तकृत, दलित, जनजातिलाई पनि विशेष प्राथमिकता दिइनेछ ।

इच्छुक किसानले गाउँपालिकाले माग गरेको आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर