उच्च पहाडी भू-भागमा माैसम बदली, केही ठाउँमा हिमपातको सम्भावना – Nepal Press

उच्च पहाडी भू-भागमा माैसम बदली, केही ठाउँमा हिमपातको सम्भावना

काठमाडौं । देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *