सरकार जनतालाई झुक्क्याउने काममा निरन्तर लागेको छ : रवि लामिछाने (भिडिओ) – Nepal Press

सरकार जनतालाई झुक्क्याउने काममा निरन्तर लागेको छ : रवि लामिछाने (भिडिओ)

काठमाडाैं । रास्वापका सभापति रवि लामिछानेले सरकारले झुक्काएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन् ।

शनिवार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा लामिछानेले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भए पनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका हुन् ।

उनले जनतालाई झुक्काउने काममा सरकार निरन्तर लागेको समेत बताए । लामिछानेले देशको मुहार उज्यालो पार्न आफूहरू आएको भन्दै कुनै पनि गलत काम गर्नेहरूप्रति कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

यसअघि बारुदबाट परिवर्तनको प्रयास भएको र अव रास्वपाले फूलको सुगन्धबाट मुलुकको परिवर्तन गर्ने उनले बताए ।

त्यस्तै उनले नेपाल संवतलाई पार्टीको आन्तरिक माइन्युटमा लेख्ने प्रस्ताव आउने बैठकमा लिएर जाने घोषणा गरे ।


प्रतिक्रिया

2 thoughts on “सरकार जनतालाई झुक्क्याउने काममा निरन्तर लागेको छ : रवि लामिछाने (भिडिओ)

  1. जनता झुक्याउन र झुट को खेती गरेर पुराना दल र नेताहरु प्रति बितृष्णा फैलाएर आफ्नो दुनो सोझ्याउन तिमीहरूले जानेका छौ बरु गफाडी स्टन्टबाज हरु।।।

  2. यो आदेशपालकहरूको सरकार हो । लाज नभएकाहरू भएपछि जनताको केको डर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर