बौद्धिक सम्पत्ति संरक्षणबारे युवा व्यवसायीलाई चेम्बरले दियाे प्रशिक्षण – Nepal Press

बौद्धिक सम्पत्ति संरक्षणबारे युवा व्यवसायीलाई चेम्बरले दियाे प्रशिक्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बौद्धिक सम्पत्ति संरक्षणका लागि युवा उद्यमी एवं व्यवसायीलाई प्रशिक्षण दिएको छ ।

बिहिबार ३ दर्जन युवा उद्यमीलीलाई बौद्धिक सम्पत्ति संरक्षणबारे चेम्बरले प्रशिक्षण दिएको हो । जहाँ बौद्धिक सम्पत्ति संरक्षण समाजका कार्यबहाक अध्यक्ष विशु कुमार केसीले नेपालमा बौद्धिक सम्पत्ति संरक्षणको अवस्था, अन्तराष्ट्रिय अभ्यास लगायतका विषयमा युवा उद्यमीहरुलाई प्रशिक्षण दिए ।

बौद्धिक सम्पत्तिका धनीको कानूनी व्यवस्था, राज्यले दिने अधिकारलाई स्थापित गराउन युवा उद्यमीहरुलाई प्रशिक्षण दिईएको अध्यक्ष राजेन्द्र मल्लले बताए । बौद्धिक सम्पत्तिको अधिकारबारे उद्योग व्यवसायी, सरकारी निकायका सरोकारवाला पदाधिकारी, सञ्चार माध्यम सवै सचेत हुनुपर्ने अध्यक्ष मल्लको भनाई छ । मानवीय बुद्धिको उपयोगबाट सिर्जित बौद्धिक सम्पत्तिको संरक्षण एवं अन्तराष्ट्रिय अभ्यासबारे युवा उद्यमीलाई प्रशिक्षण आयोजना गरिएको चेम्बरले जनाएको छ ।

समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहयोग गर्नका लागि बौद्धिक सम्पत्तिको अवधारणा आएको हो । नेपालमा वि।सं १९९३ साल देखि नै पेटेन्ट, डिजाईन र ट्रेडमार्क कानून प्रचलनमा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर