जाजरकोट भूकम्प पीडितका लागि गोर्खा ब्रुअरीको १ करोड सहयोग – Nepal Press

जाजरकोट भूकम्प पीडितका लागि गोर्खा ब्रुअरीको १ करोड सहयोग

काठमाडौं । गोर्खा ब्रुअरीले जाजरकोट भूकम्प पीडितको पुनःस्थापनाका लागि सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले हस्तान्तरण गरेका छन् । प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वस्फुर्त रुपमा गरिएको सहयोगलाई धन्यवाद दिए ।

डीएमडी सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गरेको यसअघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै आएको बताए ।

२०७२ सालको महाभूकम्पपछि कर्पोरेटहरूमध्येबाट गोर्खाले सबैभन्दा ठूलो सहयोग गरेको उनले जानकारी दिए ।

नेपालको सबैभन्दा धेरै बिक्ने कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर ब्रुअरीले उत्पादन गर्दै आएको छ । गोर्खा ब्रुअरी कार्ल्सबर्ग समूहको एक हिस्सा हो । यसको ब्रान्ड विश्वभर १४० भन्दा बढी बजारमा परिचित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर