नेपाल टेलिकमको इन्टरनेट चलाउँदा यस्ता छन् फाइदा – Nepal Press

नेपाल टेलिकमको इन्टरनेट चलाउँदा यस्ता छन् फाइदा

काठमाडौं । नेपाल टेलिकमले देशका अधिकांश भू-भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री वितरण गरिरहेको छ ।

अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवासमेत प्रयोग गर्न सकिन्छ ।

नेपाल टेलिकमले एनटी फाइबर हाल सेवाग्राहीले निकै रुचाएको दाबी गरेका छ । विभिन्न फरक विशेषता र महसुल पनि कम भएकाले यसप्रति आकर्षण बढेको उसले जनाएको छ ।

एउटैमा तीन प्लस १ सेवा

फाइबर टु द होम (एफटीटीएच) सेवाको हाल उपलब्ध अफरअन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिन्छ । यसबाट एकै पटकमा उच्च गतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटासमेत चलाउन सकिन्छ ।

एउटै तारबाट आवश्यकताअनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामकरण गरेको छ ।

अन्डरग्राउन्ड केबलमार्फत गुणस्तरीय सुविधा

एफटीटीएच सुविधा उपलब्ध गराउन आवश्यक पर्ने प्राइमरी नेटवर्क अर्थात कम्पनीको मुख्य सिस्टमदेखि फाइबर डिस्ट्रिब्युसन क्याविनेट (एफडीसी)सम्मको नेटवर्क पूर्णत अन्डरग्राउन्ड अर्थात जमिनमुनि हुन्छ । त्यसपछि ग्राहकको घरसम्म फाइबर पु¥याउनमात्र एरियल नेटवर्कको प्रयोग गरिन्छ । यसरी अन्डरग्राउन्ड गरिएका नेटवर्क तुलनात्मक रुपमा थप सुरक्षित र गुणस्तरीयसमेत हुनुका साथै केबल जमिनमुनि रहने हुनाले काटिएर क्षति हुने सम्भावना कम रहन्छ ।

भरपर्दो मानिएको अन्डरग्राउन्ड नेटवर्कमार्फत सेवाग्राहीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने नेपाल टेलिकम मुलुकको एकमात्र कम्पनी हो ।

ड्युअल ब्यान्ड सीपीईमार्फत सेवा

पछिल्लो अवस्थामा कम्पनीले ड्युअल ब्यान्ड सीपीई (राउटर) मार्फत एनटी फाइबर उपलब्ध गराइरहेको छ । ड्युअल ब्यान्डमार्फत सेवा उपलब्ध गराउँदा सेवाको निरन्तरता सुनिश्चित हुनुका साथै सेवामा अवरोध आउने सम्भावना पनि कम हुन्छ । यसबाट सेवाको गुणस्तरसमेत सुधार भएको छ ।

तोकिएकै गतिमा इन्टरनेट सुविधा

नेपाल टेलिकमले २५, ५०, १०० र १५० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ । कम्पनीका सेवाग्राहीहरुले कम्पनीद्वारा तोकिएको गतिअनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाउने दाबी गरेको छ । कम्पनीले तोकेबमोजिमकै व्यान्डविथ उपलब्ध गराइरहेको छ । सिंगल युजर भएको समयमा जहिले पनि यसअनुसारको गतिको सुविधा उपयोग गर्न सकिन्छ ।

एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा

नेपाल टेलिकमले हाल १ जीबीपीएस (१००० एमबीपीएस)सम्म उच्च गतिको एक्सजीपोन प्रविधिमा आधारित एफटीटीएच इन्टरनेट सेवासमेत प्रारम्भ गरेको छ । सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध छ ।

यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस रहेको छ । हालका लागि काठमाडौं उपत्यकामा उपलब्ध गराइएको यो सेवा व्यवसायिक संस्थाहरुका लागि लाभदायक छ ।

जडान र कम्प्लेनका लागि निःशुल्क नम्बर १९८-१

आवश्यक परेको स्थानमा एफटीटीएच सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८-१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १) डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिमार्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था छ । यो सेवाको प्रयोग गरी एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरुले १९८-१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

विभिन्न सुविधाका लागि नेपाल टेलिकम एप

नेपाल टेलिकम एपबाट अन्य विभिन्न सेवाका साथै एफटीटीएचको बारेमा पनि विभिन्न जानकारी लिन सकिन्छ । यसका लागि ग्राहकले प्रयोग गरिरहेको सीपीयूको सिरियल नम्बर राखेर रजिस्टर गर्न सकिन्छ । यसपश्चात कस्टमर नम्बर राखेर विभिन्न सुविधा उपयोग गर्न सकिन्छ ।

घरमा एफटीटीएच चलेको वा नचलेको वा सिग्नलको अवस्था मोबाइलमा भएको एपबाटै हेर्न सकिन्छ । त्यसैगरी सीपीईलाई एपबाटै रिस्टार्ट गर्न पनि सकिन्छ । इन्टरनेटको डाउनलोड र अपलोड स्पिड पनि थाहा हुन्छ । यसमा भएको सेटिङ प्रयोग गरी वाइफाईको नाम र पासवर्ड परिवर्तन पनि एपबाटै गर्न सकिन्छ ।

निःशुल्क ल्यान्डलाइन फोन

कम्पनीले एफटीटीएच सेवामा ग्राहकको आवश्यकताबमोजिमका विभिन्न प्याकेजहरु उपलब्ध गराएको छ । यी प्याकेजमा फाइबर इन्टरनेटसहित १ लाइन निःशुल्क टेलिफोन सुविधासमेत उपलब्ध हुन्छ । यसअन्तर्गत प्राप्त हुने टेलिफोनबाट निःशुल्क रुपमा असीमित टेलिफोन गर्न सकिन्छ ।

७ देखि ७ सम्मको मर्मत सुविधा

हाल एफटीटीएच मर्मतका लागि बिहान ७ देखि बेलुकी ७ बजेसम्मकै सेवा उपलब्ध छ । काठमाडौं उपत्यकाका कार्यालयहरुमा यो सुविधा उपलब्ध भइरहेको छ भने उपत्यका बाहिर पनि यस प्रकारको सेवा विस्तार भइरहेको टेलिकमले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर