एभरेष्ट बैंकद्वारा भूकम्प पीडितहरुलाई २५ लाख आर्थिक सहयोग – Nepal Press

एभरेष्ट बैंकद्वारा भूकम्प पीडितहरुलाई २५ लाख आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंकले भूकम्प पीडितहरुलाई २५ लाख आर्थिक सहयोग गरेको छ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

बैंकले २५ लाख प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ । उक्त रकमबाट भुकम्प प्रभावितहरुको राहत र उद्धारमा थोरै भएपनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ ।

बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६३ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट मोबाइल रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर