एनसेलद्वारा ३ जनाले पाए बम्पर प्राइजमा स्कुटर – Nepal Press

एनसेलद्वारा ३ जनाले पाए बम्पर प्राइजमा स्कुटर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ ।

मंगलबार कम्पनीले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको हो ।

बम्पर पुरस्कारका ७ जना ग्राहकहरु मध्ये ३ जना ग्राहकलाई छुट्टा छुट्टै विराटनगर, धनगढी र हेटौडामा स्कुटर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

विराटनगरमा अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन् भने, धनगढीमा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई र हेटौडामा एनसेलका प्रोडक्टस् डाईरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई बम्पर पुरस्कार हस्तान्तरण गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर