घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Nepal Press

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार बजारमा सुनको मुल्य घटेको छ ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १४ हजार ७ सय रुपैयाँ कायम भएको छ । म‌ंगलबार छापावाल सुनकाे मूल्य १ लाख  १५ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।

यसदिन तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर