पोखरेल बने ग्लोबल आईएमई बैंकको डीसीइओ, आजैबाट पदभार ग्रहण – Nepal Press

पोखरेल बने ग्लोबल आईएमई बैंकको डीसीइओ, आजैबाट पदभार ग्रहण

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् ।

आइतबार बसेको सञ्चालक समिति बैठकले यसअघि आईएमई समूहका प्रमुख कार्यकारी अधिकृत रहेका पोखरेललाई बैंकको डीसीइओमा नियुक्त गरेको हो ।

पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

उनी आईएमई समूहको उपाध्यक्षसमेत हुन् । एभरेष्ट बैंकबाट बैंकिङ क्षेत्रमा काम शुरु गरेका पोखरेलले ग्लोबल बैंकमा तीन वर्ष काम गरेपछि सञ्चालक समिति सदस्यमा चयन भएका थिए ।

पोखरेलले सोमबारबाट पदभार ग्रहण गरेका छन् । ग्लोबल आईएमई बैंकको सीईओमा अहिले रत्नराज बज्राचार्य छन् भने वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र रेग्मी रहेका छन् । पोखरेललाई भावी सीईओका रूपमा हेरिएको छ ।

वित्तीय संस्थाहरूको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकको रूपमा स्थापित पोखरेल यसअघि आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा थियए । नेपालको पहिलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रही उनले उक्त कम्पनीलाई थप उचाईमा पुर्‍याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बैंकले जनाएको छ ।

पोखरेलले नेपालको सबैभन्दा ठुलो बैंकमा पूनः आवद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताएका छन् ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर