२१ अंकले घटेर १८२६ बिन्दुमा झर्यो नेप्से परिसूचक – Nepal Press

२१ अंकले घटेर १८२६ बिन्दुमा झर्यो नेप्से परिसूचक

काठमाडौं । साताको पहिलो दिन सेयरबजारमा दोहोरो अंकले गिरावट भएको छ ।

आइतबार नेप्से परिसूचक २१.४६ अंके घटेर १८२६.२३ बिन्दुमा झरेको हो । यसदिन बजारमा ३५ लाख ५८ हजार ५४४ कित्ता सेयरको खरिदबिक्री हुदाँ ९७ करोड २३ लाख ६७ हजार २७८ रुपैयाँको कारोबार भएको छ ।

आज एनआईसी एसीया लघुवित्त वित्तीय संस्था लिमिटेड, तारागन रेजेन्सी होटल लिमिटेका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन । भने, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड, बराही हाइड्रोपावर पब्लिक लिमिटेडका लागनीकर्ताले सर्वाधिक गुमाएका छन् ।

आइतबार उपसमूहतर्फ होटल्स एण्ड टुरिज्म इन्डेक्स बाहेक १२ वटै समूहको सेयरमुल्य घटेको छ । भने, आज २८ खर्ब १३ अर्ब रुपैयाँ बजार पुँजिकरण रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर