नीतिगत भ्रष्टाचार घटाउन तीनै तहका सरकारलाई अख्तियारको २२ बुँदे सुझाव – Nepal Press

नीतिगत भ्रष्टाचार घटाउन तीनै तहका सरकारलाई अख्तियारको २२ बुँदे सुझाव

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका तीन वटै तहलाई २२ बुँदे सुझाव दिएको छ । आयोगले नीतिगत भ्रष्टाचार मौलाउन थालेपछि तीनै तहका सरकारलाई सचेत गराउँदै २२ बुदेँ सुझाव दिएको हो ।

मुलुकको सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी उच्च नतिजा हासिल गर्न योजना छनौट, प्राथमिकीकरण तथा वर्गीकरण र बजेट तर्जुमाको कार्य वस्तुनिष्ठ, वैज्ञानिक र यथार्थपरक बनाउन तथा बजेट कार्यान्वयनको क्रममा गरिने सार्वजनिक खरिदको कार्य पारदर्शी, प्रतिष्पर्धी र गुणस्तरीय बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा एकको ख अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई २२ बुदेँ सुझाव दिएको हो ।

जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग, सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोग र ७५३ वटै स्थानीय तहलाई कार्यान्वयनका सुझाव दिइएको आयोगका सहसचिव एवम प्रवक्ता भोला दाहालले जानकारी दिए ।

यस्ता छन् अख्तियारका सुझावहरुः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *