एउटै लहरमा बसेर खेल हेरे, तर रोनाल्डोले वास्ता नगर्दा निल्ल परे सलमान खान – Nepal Press

एउटै लहरमा बसेर खेल हेरे, तर रोनाल्डोले वास्ता नगर्दा निल्ल परे सलमान खान

काठमाडौं । बलिउड स्टार सलमान खानले विश्वविख्यात फुटबलर क्रिस्टियानो रोनाल्डोसँगै बसेर एउटा बक्सिङ म्याच हेरेको भिडिओ सार्वजनिक भएपछि भारतीय मिडियाले ठूलो समाचार बनाए । तर, अहिले आएको नयाँ भिडिओ क्लिपलाई लिएर उनीहरु रोइलो गर्न थालेका छन् ।

साउदी अरेबियाको रियादमा आयोजना भएको फ्रान्सिस एनगान्नोउ र टाइसन फुरीबीचको हाइफ्रोफाइल म्याच हेर्न सलमान खान साउदी अरेबियाको रियाद पुगेका थिए । त्यहाँ फुटबलर र अन्य क्षेत्रका थुप्रै सेलिब्रिटीहरुको उपस्थिति थियो । फुटबलर रोनाल्डो र उनकी प्रेमिकाको लहरमा सलमान खान बसेका थिए । तर, रोनाल्डोले न सलमानतिर हेरे न त बोलचाल गरे ।

अहिले सार्वजनिक भिडियो खेल सकिएपछिको हो । रोनाल्डोलाई फोकस गरेर खिचिएको भिडियोको पृष्ठभूमिमा सलमान खान देखिएका छन् । रोनाल्डो आफ्नी प्रेमिकाको हात समातेर बाहिर निस्किँदै गर्दा बाटैमा उभिएर हेरिरहेका थिए सलमान । तर, रोनाल्डोले सलमानलाई वास्ता नगरी अगाडि बढे । सायद चिनेनन् । अगाडि गएपछि उनले ब्राजिलियन पूर्वफुटबलर रोनाल्डोलगायतका केही सेलिब्रिटीलाई अंकमाल गरेका थिए ।

रोनाल्डो आफू नजिक आउँदा सलमानको आँखा उनीतिर थिए । तर, रोनाल्डोले आफूलाई नहेरेपछि सलमानले पनि एप्रोच गरेनन् । साउदी शेखहरुले रोनाल्डोलाई घेर्दा सलमानलाई कसैले वास्ता गरेनन् । भिडिओमा उनको अनुहार उजाड देखिएको छ ।

यता भारतीय मिडियाले भने सलमानले रोनाल्डोलाई भाउ नदिएको भन्दै समाचार लेख्न भ्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर