दसैँमा बढ्यो विद्युतीय गाडीको व्यापार – Nepal Press

दसैँमा बढ्यो विद्युतीय गाडीको व्यापार

काठमाडौं । चालू आर्थिक वर्षको ३ महिनामा १९ अर्ब ९ करोड रुपैयाँको गाडी तथा पार्टस् आयात भएको छ । जसमा विद्युतीय गाडी ‘ईभी’ मात्रै ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँको आयात भएको छ । जुन गत वर्षको तुलनामा करिब तीन गुणा बढिरहेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार ३ महिनामा २ हजार १३४ विद्युतीय कार, जीप र भ्यान भित्रिएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने २ अर्ब ५० लाख रुपैयाँको ७०५ विद्युतीय गाडी भित्रिएको थियो ।

पछिल्लो समय नेपाल विद्युतीय गाडीहरुको माग बढ्दै गएको छ । जसमा भर्खरै सम्पन्न नाडा अटो शो २०२३ ले यसलाई बढावा दिएको उद्यमीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर