सुनको मूल्यमा नयाँ रेकर्ड – Nepal Press

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

त्यस्तै तेजाबी सुनको १ लाख १५ हजार ४५० रुपैयाँ प्रतितोला मूल्य तोकिएको छ ।

कार्तिक ३ गते १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । दसैँपछि आज सुरु भएको कारोबारमा तोलामा ५०० मूल्य बढेर १ लाख १६ हजार रुपैयाँ कायम भएको हो ।

चाँदीको भने प्रतितोला १ हजार ४०० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर