बागलुङमा ग्याङ फाइट : ६ युवा घाइते, ३ जना पक्राउ – Nepal Press

बागलुङमा ग्याङ फाइट : ६ युवा घाइते, ३ जना पक्राउ

पोखरा । बागलुङमा दुई समूहबीच झडप हुँदा ६ युवा घाइते भएका छन् । जैमिनी नगरपालिका-२ पौखराचौरमा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा वडा नम्बर २ र ९ का युवाबीच सोमबार बेलुका झगडा र कुटपिट हुँदा उनीहरू घाइते भएका हुन् ।

झडपमा डबल राना, महेन्द्र थापा, दीपु राना, दीपु थापा, विष्णु थापा र सुनिल परियार घाइते भएको बागलुङ प्रहरीका सूचना अधिकारी डीएसपी मदन केसीले जानकारी दिए । विष्णु र सुनिल उपचारपछि डिस्चार्ज भएको र अरु ४ घाइतेलाई थप उपचारका लागी पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ ।

प्रहरी मंगलबार बिहान घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । वडा नम्बर २ का सुनिल परियार, कलबहादुर थापा र अनिल परियारलाई पक्राउ गरिएको डीएसपी केसीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *