परराष्ट्र सचिव पौडेल मन्त्रीसरह मर्यादासहित क्यानडाको राजदूतमा सिफारिस – Nepal Press

परराष्ट्र सचिव पौडेल मन्त्रीसरह मर्यादासहित क्यानडाको राजदूतमा सिफारिस

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् । मन्त्रिपरिषद् बैठकले पौडेललाई मन्त्रिसरहको मर्यादासहित क्यानडाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

मंसिरमा अवकाश हुन लागेका पौडेल न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि दाबेदार थिए । यसअघिको प्रचलन तथा योग्यता तथा क्षमताका आधारमा पनि उनको स्वाभाविक दाबेदारी थियो । तर, सरकारले त्यहाँ सहसचिव लोकबहादुर थापालाई पठाएपछि पौडेलमाथि अन्याय भएको टिप्पणी भइरहेका बेला मन्त्रीसरहको मर्यादामा रहनेगरी क्यानडाको राजदूत सिफारिस गरिएको एक मन्त्रीले बताए ।
पौडेलको संसदीय सुनुवाइलगायतका प्रक्रिया टुंगिदा सचिवको पूरै कार्यकाल सकेरमात्र राजदूत हुनेछन् । उनीपछि मन्त्रालयको सचिवमा सेवा लम्सालको सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *