काठमाडौं म्याराथन विजेतालाई इनड्राइभले दियो ईभी स्कुटर – Nepal Press

काठमाडौं म्याराथन विजेतालाई इनड्राइभले दियो ईभी स्कुटर

काठमाडौं । इनड्राइभले १५औँ काठमाडौं म्याराथन विजेतालाई ईभी स्कुटर प्रदान गरेको छ ।

इन्ड्राइभले फुल म्याराथन विजेता होमनाथ श्रेष्ठलाई ईभी स्कुटर उपहार प्रदान गरेको हो । म्याराथनका विजेतालाई समर्थन गर्नुका साथै, इनड्राइभले ८ सहरहरूमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग र ६०० सहभागीलाई आकर्षितले तीन महिनासम्म सँगै तालिम प्रदान गरेको थियो । साथै युवा तथा शुल्क तिर्न नसक्ने धावकहरूलाई प्रमोट गर्न इनड्राइभले म्याराथनमा तीन सयभन्दा बढी खेलाडीलाई स्लट उपलब्ध गराएर सहयोग गरेको थियो ।

एनआरएस स्पोर्ट्स फाउण्डेशनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा रहदै आएको छ ।

त्यस्तै, किप फिट सर्किट तालिम आगामी ३१ अक्टोबरसम्म काठमाडौं, पाटन, भक्तपुर, कीर्तिपुर, थिमी, पोखरा, हेटौंडा र बुटवलमा सञ्चालनमा रहने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर