नमस्ते पेमार्फत हवाई टिकट बुकिङ गर्दा क्यासब्याक तथा डेटा प्याक पाइने – Nepal Press

नमस्ते पेमार्फत हवाई टिकट बुकिङ गर्दा क्यासब्याक तथा डेटा प्याक पाइने

काठमाडौं । नमस्ते पेमार्फत हवाई टिकट बुकिङ गर्दा ग्राहकले २०० रुपैयाँ क्यासब्याक तथा ५०० एमबी डेटा प्याक पाउने भएका छन् ।

नमस्ते पेले हवाई टिकट खरिद गर्ने यात्रुले प्रत्येक टिकटमा तत्कालै २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने अभियान ल्याएको हो ।

कार्तिक १ गते सुरु हुने अभियानमा यात्रुले नमस्ते पेमार्फत आफ्नो उडान टिकट खरिद गर्दा तुरुन्तै क्यासब्याक पाउनेछन् ।

साथै प्रत्येक उडानकर्ताले ५०० एमबी डेटा प्याक र अभियान अवधिको अन्त्यमा एक जना भाग्यशाली यात्रुले आफ्नो अर्को उडानमा ५० प्रतिशत छुट पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर