परिमाणमा ठगेको पाइएपछि गैरीगाउँको पेट्रोल पम्प सिल – Nepal Press

परिमाणमा ठगेको पाइएपछि गैरीगाउँको पेट्रोल पम्प सिल

काठमाडौं । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गरेको छ । प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो ।

सो क्रममा गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको छ । अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न अधिकारीले बताएका छन् ।

चेकजाँच गर्दा लिटरमा परिमाण कम गरेर ठगेको पाइएकाले सिल गरेको ती अधिकारीले बताए ।

त्यसअघि नयाँ बानेश्वरको थ्री ब्रदर्स पेट्रोल पम्पमा पनि अनुगमन गरिएको थियो ।

तस्बिरहरु : गौरव पौडेल


प्रतिक्रिया

One thought on “परिमाणमा ठगेको पाइएपछि गैरीगाउँको पेट्रोल पम्प सिल

  1. दशैं खर्च उठाउन हिडेका । अघिपछि किन गर्दैनन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *