एक पटकको चार्जमा १६० किलोमिटर गुड्ने ओकाया इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य कति ? – Nepal Press

एक पटकको चार्जमा १६० किलोमिटर गुड्ने ओकाया इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य कति ?

काठमाडौं । निम्बस इन्टरनेशनल कम्पनी प्रा.लिको ओकाया इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

सोमबार पुल्चोकस्थित ओकाया स्कुटर शोरुममा एक कार्यक्रममा स्कुटर सार्वजनिक गरिएको हो ।

स्कुटरले एकपटकको चार्जमा १४० देखि १६० किमीको असाधारण रेन्ज दिने कम्पनीको दाबी छ भने ७० किमी प्रतिघण्टाको उच्च गति इस्कुटरले दिन्छ ।

अत्याधुनिक प्रविधि मोटरद्वारा संचालित र उच्च क्षमताको लिथियम आयन एलएफपी ब्याट्री र स्टाइलिस रङहरुको विविधताका साथ तीन वर्षको वारेन्टीसहित बिक्रीका लागि खुल्ला गरिएको छ ।

हाल ई-स्कुटर ‘फस्ट एफ २ टी, र फस्ट एफ ४ गरी तीन भेरीयन्टमा उपलब्ध छन् । बजारमा यसको मूल्य २ लाख ४० हजार देखि ३ लाख ७५ हजार रुपैयाँसम्म रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर