कोशीको आठौं मुख्यमन्त्री बनेका केदार को हुन् ? – Nepal Press

कोशीको आठौं मुख्यमन्त्री बनेका केदार को हुन् ?

विराटनगर । कांग्रेसबाट विद्रोह गरेका केदार केदार कार्की एमालेको समर्थनमा बने कोशी प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।

अघिल्लो प्रदेश सभामा ३ जना मुख्यमन्त्री भएका थिए । कोशी प्रदेशमा पछिल्लो प्रदेश सभाको एक वर्षको अवधिमा ५ औ मुख्यमन्त्री नियुक्त भएका छन् ।

यो अवधिमा २–२ पटक हिक्मत कार्की र उद्धव थापा मुख्यमन्त्री बनेका छन् । दुवै पटक मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका मुख्यमन्त्री बनेका उद्धव थापालाई भने अदालतले बरखास्त गरेको थियो ।

हिक्मत भने पहिलो पटक माओवादी र जसपाले साथ छाड्दा विश्वासको मत पाउन नसकी पद मुक्त भएका थिए भने दोस्रो पटक विश्वासको मत पाउन नसक्ने भएपछि राजीनामा दिएका थिए ।

संविधानको धारा १६८(३) अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान गरेका थिए ।

सो धारा अन्तर्गत केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेसबाट प्रदेश सभा सदस्य निर्वाचित भएका केदारले कांग्रेसको निर्णयको विरुद्धमा विद्रोह गर्दै कांग्रेसका ८ प्रदेश सभा सदस्यसहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।

कांग्रेसका ८ र एमालेका उप सभामुखसहित ४० सदस्यले केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । कोशी प्रदेश सभामा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्दछ । एमालेबाट कोशी प्रदेशको उप सभामुखले सभा चलाएको अवस्थामा पनि उनको पक्षमा ४७ सदस्य पुग्ने छन् । कोशी प्रदेशमा ४७ प्रदेश सभा सदस्य बहुमत हो ।

सभामुख पद रित्त रहेको अवस्थामा पनि कार्कीले विश्वासको मत पाउने छन् । मुख्यमन्त्री दावी गर्दा ८ जनाले मात्रै हस्ताक्षर गरेपनि कार्कीको् पक्षमा थप कांग्रेसका प्रदेश सभा सदस्यहरु खुलेका छन् । काङ्ग्रेसले भने माओवादीका इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

को हुन् केदार ?

केदार कार्कीको जन्म २०३० साल पुष ७ गते आमा स्व.ईश्वरी र पिता प्रेमबहादुर कार्कीको कोखबाट भएको हो । कार्की विद्यालय कालदेखि नै राजनीतिमा होमिएका हुन् । उनी जनता उच्च माध्यमिक विद्यालय मधेसामा २०४४ सालमा नेपाल विद्यार्थी संघको सभापति भएका थिए । विद्यालयस्तरको शिक्षापछि उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट सुरु भयो ।

उनी सो क्याम्पसमा २०५२ सालमा नेविसंघको क्याम्पस एकाइका सभापति भएका थिए । यसपछि उनी २०५९ सालमा नेविसङ्घ क्षेत्रीय सभापति भए । यसपछि उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

२०६३ सालमा भने उनी नेवि संघको केन्द्रीय सदस्यको भएका थिए । उनी काङ्ग्रेसको केन्द्रीय सदस्यमा भने पराजित भए । उनले स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका छन् ।

नेपालमा संघीयता कार्यान्वयनमा गएसँगै तत्कालीन नम्बर १ को पहिलो प्रदेश सभामा मोरङको क्षेत्र नम्बर ६ को २ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका कार्की संसदीय दलको प्रमुख सचेतकमा नियुक्त भए । कार्की २०७८ कात्तिक दोस्रो प्रदेश सभाको निर्वाचन सम्म कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको भए ।

राजनीतिका साथसाथै नेता कार्की सामाजिक र शैक्षिक गतिविधिमा पनि संलग्न छन् । उनी पूर्वाञ्चल विश्वविद्यालयमा पूर्व सिनेट सदस्य हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर