रिगलविरुद्धको मुद्दाबाट पन्छिए प्रधानन्यायाधीश, १४ गते अर्को पेशी – Nepal Press

रिगलविरुद्धको मुद्दाबाट पन्छिए प्रधानन्यायाधीश, १४ गते अर्को पेशी

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आममाफी पाएका हत्या अभियुक्त योगराज ढकालविरुद्धको मुद्दाबाट पन्छिएका छन् । आफूले यस्तै प्रकृतिको मुद्दामा यसअघि फैसला गरिसकेको भन्दै उनले अर्को इजलासमा पेश गर्न आदेश दिएका हुन् ।

आज प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा मुद्दाको सुनवाइ सुरु भएको थियो ।

केहीबेर दुवै पक्षको बहस सुनेपछि खाजा समयका लागि इजलास स्थगन गरियो । तर, त्यसपछि बसेको इजलासमा प्रधानन्यायाधीशले यसअघि आफूसहित तीनै न्यायाधीशले यस्तो खालको मुद्दा हेरिसकेकाले ‘रिक्युजल’ को घोषणा गरेका हुन् ।

अर्को पेशी कात्तिक १४ गतेलाई तोकिएको छ । अब नयाँ न्यायाधीशको इजलासमा सुरुबाटै सुनवाइ हुने छ ।

यसैबीच कानून व्यवसायीले सर्वाेच्च अदालतका प्रधान न्यायाधीशसहितको पूर्ण इजलासले सर्वाेच्चकै एकल इजलासको आदेश अवज्ञा गरेको बताएका छन् ।

यसअघि डा.मनोज शर्माको एकल इजलासले भारतीको रिटमाथि प्रारम्भिक सुनुवाईका क्रममा ८ वटा शर्तसहितको कारण देखाऊ आदेश जारी गर्दै अर्को सुनुवाईको मिति तोकेको थियो ।

पूर्ण इजलासमा सुनुवाई हुनुपर्ने भनी असोज २५ गतेको मिति तोकेर यसमा कुनै पक्ष निवेदन दिएर हटाउन नपाइने र त्यस दिन बिदा भए भोलिपल्ट सुनुवाई गर्ने आदेश शर्माबाट भएको थियो ।

तर पूर्ण इजलासले कात्तिक १४ मा सारेर अदालतकै आदेशको अवज्ञा गरेपछि सर्वसाधारणले अदालतको आदेश किन मान्ने भन्ने प्रश्न उठेको अधिवक्ता राजाराम घिमिरले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *