फतुवा विजयपुरका मेयर यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना – Nepal Press

फतुवा विजयपुरका मेयर यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना

काठमाडौं । भष्ट्राचारमा दोषी ठहर भएका रौतहटको फतुवा विजयपुरका तत्कालीन मेयर गोपाल राय यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना भएको छ ।

विशेष अदालतले कसूर ठहर्याएपछि बुधबार सजाय सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि यादव मात्र दोषी ठहर भएका थिए ।

उनीहरुविरुद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । यादव गत स्थानीय निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए । लाल बकैया नदीको उत्खनन सम्बन्धी ठेक्का रद्ध गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको आरोप यादवविरुद्ध लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *