एमाले अधिवेशन भइरहेको सिटी हलमा कार्यकर्ताद्वारा तोडफोड (भिडिओ) – Nepal Press

एमाले अधिवेशन भइरहेको सिटी हलमा कार्यकर्ताद्वारा तोडफोड (भिडिओ)

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशकाे अधिवेशन भइरहेकाे सुर्खेतको सिटी हल तोडफोड भएकाे छ ।

विरेन्द्रनगरमा जारी एमाले कर्णालीको अधिवेशनमा मतगणना सुरु भएसँगै कार्यकर्ताहरुले सिटी हल तोडफोड गरेका हुन् ।

शाही एमाले कर्णाली प्रदेश अधिवेशन निर्वाचन आयोगका सदस्य थिए । आज मतगणना सुरू हुन लाग्दा उनलाई त्यसबाट हटाएपछि विवाद सुरु भएको हो ।

उनी सिटी हलमा उपस्थित भइ मतगणना स्थलमा आफू पनि बस्न पाउनुपर्ने अडान राखेका थिए । शाही र प्रहरी धकेलाधकेल हुँदा विवाद भएको हो । शाहीलाई कारबाही गरी अधिवेशनको निर्वाचन कमिटीबाट हटाइएको थियो ।

मतगणनामा अवरोध गरेपछि निर्वाचन कमिटीले उनलाई प्रहरीको जिम्मा लगाएको थियो । अनेरास्ववियुका नेताहरुले सिटी हलमा रहेको गेटमा तोडफोड गर्दा सिसाहरु फुटेका छन् ।

अहिले सिटीहरु वरिपरिका प्रहरी तैनाथ गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर