एमाले कर्णाली अधिवेशन : हालसम्म ३२० मत खस्यो – Nepal Press

एमाले कर्णाली अधिवेशन : हालसम्म ३२० मत खस्यो

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । दिउँसो साढे १ बजेदेखि मतदान सुरु भएको मतदानमा अहिलेसम्म ३२० मत खसेको छ ।

निर्वाचन कार्यतालिका अनुसार दिउँसो ५ बजे भित्र मतदान गरिने भनिएको थियो । तर, मतदानमा ढिलाइ भएकाले समय सारिएको थियो । मतदान गर्नका लागि साढे ६ बजेभित्र मतदान स्थलमा प्रवेश गरिसक्नु पर्ने प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

खानालका अनुसार २१ वटा मतदान स्थलबाट मतदान भइरहेको छ । तर, मतदान कति बजेभित्र सकिन्छ भन्ने अहिले भन्न नसकिने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर