प्रदीपको विश्लेषण- आधा दर्जन दलसँग मिलेर यसपालि जित्यौं, अर्को चुनावमा डेढ दर्जनसँग मिले पनि जित्दैनौं (भिडिओ) – Nepal Press

प्रदीपको विश्लेषण- आधा दर्जन दलसँग मिलेर यसपालि जित्यौं, अर्को चुनावमा डेढ दर्जनसँग मिले पनि जित्दैनौं (भिडिओ)

पार्टीका सबै सदस्यले केन्द्रीय सभापति चुन्ने व्यवस्था गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यता मतदान गरेर चुन्न पाउनुपर्ने बताएका छन् । कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै पार्टीमा रुपान्तरण नभएसम्म उत्साह नभएको बताए ।

उनले भने, ‘पार्टीको रुपान्तरण प्रक्रियालाई पूर्णता बनाउनको लागि पार्टीको आन्तरिक, बाह्य र राष्ट्रिय मुद्दाहरुमा प्रष्ट हुनुपर्छ। हामी व्यक्ति परिवर्तनले मात्रै रुपान्तरण हुन्छ? भन्ने सोचिरहेका त छैनौं । पार्टीको समग्र रुपान्तरणका लागि हामीले सबै पक्षलाई छुन सक्नुपर्छ ।’

कांग्रेसका सबै कार्यकर्ताले अब आफ्नो केन्द्रीय सभापति आफैं चुन्न खोजेका हुन् भने हामीले त्यही अनुसारको व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, ‘पार्टी नेतृत्वले जसलाई टिकट दिन्छ त्यसलाई नै सधैभरी थोपर्छ भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्सन, अन्तरपार्टी प्राइमरी इलेक्सनको व्यवस्था गर्नुपर्यो। पार्टीको आम कार्यकर्ताले चुनेको व्यक्तिले मात्रै टिकट पाउने व्यवस्था गर्नुपर्यो । विपी कोइरालाको दर्शनअनुसार यो क्याडरबेश पार्टी होइन। हामीले जुन अभ्यास गरिरहेका छौं । हामी खुलापनमा विश्वास गछौं । कांग्रेस सबै हिसाबले मासवेश पार्टी हो । मासबेस पार्टीको सदस्यताको प्रकार हुन्छ ? यदि हाम्रो पार्टीं मासबेस पार्टी हो भने त्यो पार्टीको सदस्यता एउटा प्रकारको मात्रै हुन्छ ।’

उनले पार्टीभित्र एकै प्रकारको सदस्यता बनाएर सबै सदस्यले केन्द्रीय सभापति चुन्ने व्यवस्था गर्नुपर्ने बताए । उनले अहिले पनि सच्चिएर नआए डेढ दर्जन पार्टीसँग मिले पनि चुनाव नजित्ने दाबी गरे ।

उनले भने, ‘अघिल्लो चुनावमा पाँच छ पार्टीसँग मिलेर चुनाव लडेका थियौं । अब पनि सच्चिएनै भने ८४ मा डेढ दर्जनसँग मिलेर चुनाव लडे जित्न सक्दैनौं। दलीय व्यवस्थामा दलको रुपान्तरण हुन आवश्यक छ ।’

उनले २०८४ मा चुनाव कांग्रेसले जित्ने भए अहिले कि सरकार छाड्नुपर्ने नभए जनताको पक्षमा काम गर्न माग गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर