मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ – Nepal Press

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा गत ८ गते भएको तोडफोडमा संलग्न भएको आरोपमा थप ७ जना पक्राउ परेका छन् ।

शुक्रबार राति न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार म्याद थप गरेर अनुसन्धान गरिने उनले बताए ।
यसअघि मृतकका आफन्त मालेपाटनका विनय गुरुङलाई पक्राउ गरिएको थियो । विनयविरुद्ध ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको एसपी थापाले बताए ।

लमजुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत ८ गते बिरामीको मृत्यु भएको विषयलाई लिएर मणिपालमा डाक्टरमाथि कुटपिटका र अस्पतालमा तोडफोड भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *