एमाले बागमती अधिवेशन : आज निर्वाचन हुने सम्भावना न्यून – Nepal Press

एमाले बागमती अधिवेशन : आज निर्वाचन हुने सम्भावना न्यून

च्यासल । नेकपा एमालेको काठमाडौँमा जारी प्रथम बागमती प्रदेश अधिवेशनको आज हुने भनिएको निर्वाचन प्रक्रिया अनिश्चित देखिएको छ ।

बुधवार उम्मेदवारी दर्ता, दाबी विरोध तथा फिर्ताको समय तोकिए पनि निर्वाचन आयोगको तालिका अनुसार कुनै पनि प्रक्रिया नभएपछि आज हुने भनिएको निर्वाचन कार्यक्रम नहुने करिब निश्चित भएको हो ।

जनजाति तथा सीमान्तकृत क्लस्टर नराखिएको भन्दै विरोध भएपछि केहिबेर अघि जनजाति तथा सीमान्तकृत क्लस्टरमा उम्मेदवार खुल्ला गरिएको छ ।

जनजाति क्लस्टर मा ३ पुरुष २ महिला गरी ५ तथा सीमान्तकृतमा एक महिला र एक पुरुष गरी २ जना सदस्य पदमा उम्मेदवार खुल्ला गरिएसँगै अब २४७ को बागमती प्रदेश कमिटी बन्ने भएको हो ।

हालसम्म अध्यक्षमा ५ जना, उपाध्यक्षमा ५ जना, सचिवमा ४ तथा उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर