मन्त्री महतकाे दाबी- अर्थतन्त्र सुधारको बाटामो अघि बढेको छ – Nepal Press

मन्त्री महतकाे दाबी- अर्थतन्त्र सुधारको बाटामो अघि बढेको छ

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी प्रश्नोत्तरमा मन्त्री महतले कोरोना र बाह्य परिवेशको अवस्थापछि अहिले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको बताएका हुन् । उनले लगानीलाई सहज गर्न मौद्रीक नीतिमार्फत सरकारले सम्पूर्ण प्रयास लगाउने र सकारात्मक सोचको प्रारम्भ गर्न जरुरी रहेको बताए ।

अहिले गत वर्षको तुलनामा राजस्वमा सुधार देखिएको दाबी गरे । अर्थमन्त्री महतले शेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताए ।

उनले कर्मचारी, शिक्षक र प्राध्यापक वर्गलाई जिम्मेवारी र उत्तरदायी बनाउने क्षेत्रगत कानून रहेको र सोहीअनुसार टे«ड युनियन गठन भएको पनि बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर