ओपनर जोडी गुमाएपछि सम्हालिँदै पाकिस्तान, बाबर र रिजवानबीच ५० रनको साझेदारी पूरा – Nepal Press
एसिया कप

ओपनर जोडी गुमाएपछि सम्हालिँदै पाकिस्तान, बाबर र रिजवानबीच ५० रनको साझेदारी पूरा

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीचको म्याच प्रतिस्पर्धात्मकरुपमा अघि बढेको छ । ओपनिङ जोडी सस्तोमा गुमाएपछि पाकिस्तानलाई बाबर आजम र मोहम्मद रिजवानले सम्हालेका छन् ।

यो जोडीबीच ५० रनको साझेदारी भइसकेको छ । नेपाली बलरहरुलाई उनीहरुले नापतौल गरेर खेलिरहेका छन् । उनीहरुको साझेदारी तोड्नु नेपालका लागि अत्यावश्यक छ । नेपालले केही मिसफिल्ड गर्दा पनि रन चुहियो ।

यो समाचार लेख्दासम्म १८ ओभरको समाप्तिमा पाकिस्तानले ८३ रन जोडेको छ । बाबरले ३१ रन र रिजावानले २७ रन बनाएर खेलिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर