रुपन्देहीमा जेसीज सम्मेलन हुँदै – Nepal Press

रुपन्देहीमा जेसीज सम्मेलन हुँदै

रुपन्देही । रुपन्देहीमा शुक्रबारदेखि हुने जेसीआई नेपालको क्षेत्र घ सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा करिब एक हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

मणिग्रामस्थित ड्रिमल्याण्ड होटलमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी दिइएको हो ।

सम्मेलनका प्रतिनिधिहरुको व्यवस्थापन, उद्घाटन समारोहको तयारी गरी सबै काम सकिएको सम्मेलनको व्यवस्थापन गरिररहेको जेसीआई तिलोत्तमाका अध्यक्ष प्रकाश गौतमले जानकारी दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य एवं संघीय सांसद ठाकुर गैरे, कांग्रेस केन्द्रीय सदस्य एवं संघीय सांसद प्रदीप पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं संघीय सांसद मनिष झा वक्ताका रुपमा सहभागी हुने जेसीआई तिलोत्तमाका संस्थापक अध्यक्ष विनोद ढकालले बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनले राष्ट्रिय महाधिवेशनका लागि क्षेत्रगत रुपमा एजेण्डा पारित गर्नेछ । हालसम्म भए गरेका कार्यक्रमको बारेमा पनि सम्मेलनमा छलफल हुने सम्मेलनका सभापति एवं क्षेत्र घ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जीवन कार्कीले बताए ।

राष्ट्रिय अध्यक्ष विकास मानन्धरको प्रकरण गोष्ठी (थिम सेमिनार), वक्तृत्वकला, उत्कृष्ट शाखालाई पुरस्कृत, विजनेश एण्ड वियोण्डसम्बन्धी तालिमलगायतका कार्यक्रम पनि सम्मेलनका क्रममा हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *