चन्द्रमामा अवतरण गर्दा रुसी अन्तरीक्ष यान दुर्घटना, २३ अगस्टमा अवतरण हुँदै भारतको चन्द्रयान ३ – Nepal Press

चन्द्रमामा अवतरण गर्दा रुसी अन्तरीक्ष यान दुर्घटना, २३ अगस्टमा अवतरण हुँदै भारतको चन्द्रयान ३

काठमाडौं । रुसले चन्द्रमामा पठाएको अन्तरीक्ष यान लुना २५ चन्द्रमाको सतहमा पुगेर दुर्घटना भएको छ ।

रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार गलत अर्बिटमा पुगेकाले दुर्घटना हुन पुगेको रुसी अन्तरिक्ष संस्था रोस्कोस्मसले बताएको छ ।

आइतबार चन्द्र सतहमा पुगेर सूचनाहरु पृथ्वीमा ल्याउने रुसी योजनामा दुर्घटनाले ब्रेक लगाएको छ । यो सोभियत संघपछि रुसको प्रथम चन्द्र मिसन थियो ।

पूर्वरुसबाट गत अगस्ट ११ मा रुसी अन्तरीक्ष यान चन्द्रमामा जान ब्लास्ट गरिएको थियो । अगस्ट २१ मा चन्द्रमामा अवतरण हुने योजना थियो । तर, योजना तुहिएको छ ।

रुसका विभिन्न ६ एजेन्सीले दुर्घटनाको छानबिन गर्ने तयारी गरेको आरटीले उल्लेख गरेको छ । रुसले चन्द्र सतहमा पाउने हिउँको अध्ययन गर्न अन्तरीक्ष यान चन्द्रमा लगेको बताएको थियो ।

रुसी चन्द्रमा पुग्ने अन्तरीक्ष यान दुर्घटना भए पनि भारतीय अन्तरीक्ष यान भने सफलताउन्मुख छ । चन्द्रयान ३ नामक अन्तरीक्ष यानबाट भारतीय मिसन चन्द्रमा पुग्न लागेको हो ।

यस अगाडिको असफलतालई सफलतामा पुर्‍याउन भारतले राम्रो मेहनत गरेको बताइएको छ । भारतको चन्द्रयान यही अजस्ट २३ मा चन्द्रमा सतहमा अवतरण हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *