स्पेन महिला विश्वकप फुटबलको उपाधि नजिक – Nepal Press

स्पेन महिला विश्वकप फुटबलको उपाधि नजिक

काठमाडौं । स्पेन अस्ट्रेलिया र न्यूजिल्यान्डमा जारी महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई २-१ गोलले पन्छाउँदै स्पेन उपाधि नजिक पुगेको हो ।

स्पेनका लागि खेलको ८१औं मिनेटमा सल्मा सेलेस्टे पारालुयलो एयिन्गोनोले पहिलो गोल गरेकी थिइन् । त्यस ७ मिनेटपछि रेबेका ब्लोमभिस्टले गोल गर्दै स्वीडेनलाई बराबरीमा ल्याएकी थिइन् ।

तर, उक्त बराबरी धेरै समय टिकेन । स्वीडेनल गोल गरेको एकै मिनेटपछि ८९ औं मिनेटमा अल्गा कारमोनाले गोल गर्दै स्पेनको जीत सुनिश्चित गरिन् ।

स्पेनले बुधबार हुने दोस्रो सेमिफाइनलका विजेतासँग उपाधि भिडन्त गर्नेछ । बुधबार आयोजक अस्ट्रेलिया र इङ्ल्याण्ड आमनेसामने हुनेछन् ।

यसपटक स्पेन र अस्ट्रेलिया वा इङ्ल्याण्ड जसले उपाधि जिते पनि फिफा महिला विश्वकपमा नयाँ च्याम्पियनको उदय हुने निश्चित भएको छ । महिला विश्वकपको इतिहासमा अमेरिकाले ४, जर्मनीले २ र जापान तथा नर्वेले एकएक पटक उपाधि जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *