गर्मी अत्याधिक बढेपछि इजरायलीहरु जंगल र समुद्रमा पसे – Nepal Press

गर्मी अत्याधिक बढेपछि इजरायलीहरु जंगल र समुद्रमा पसे

काठमाडौं । मध्यपूर्वको सानो देश इजरायल अहिले प्रचण्ड गर्मीको चपेटामा छ । बढ्दो तापक्रमले आजित इजरायलीहरु जोखिम मोलेर पानी खोज्दै गर्मीको सामना गरिरहेको छन् । चर्को गर्मीबाट राहतको खोजीमा देशैभरका मानिसहरु प्राकृतिक पानी मुहान, सार्वजनिक समुद्री किनार र झरनामा पुगिरहेका छन् ।

उत्तरी इजरायलको राष्ट्रिय निकुञ्ज, गान हशालोशामा अहिले भीड लागेको छ । यहाँ पानी प्रसस्त छ । तापक्रम वर्षभरि स्थिर रुपमा २८ डिग्री सेल्सियस रहने भएकोले धेरै मान्छे यहाँ पुग्छन । राष्ट्रिय निकुञ्जहरूका अतिरिक्त, पश्चिममा भूमध्यसागर, उत्तरमा ग्यालिल सागर, जुन ताजा पानीको ताल हो, साथै शहरहरूमा असंख्य फोहराहरू पनि मानिसहरू झुमिरहेको देख्न सकिन्छ।

गर्मीको लहरको बीचमा, इजरायलको स्वास्थ्य मन्त्रालयले सामान्य जनता र विशेष गरी वृद्ध जनसंख्या र दीर्घकालीन रोगका बिरामीहरूलाई होसियार रहन र सकेसम्म गर्मी र घामको सम्पर्कबाट बच्न आग्रह गरेको छ । अनावश्यक शारीरिक परिश्रमबाट बच्न र धेरै पानी पिउन अनुरोध गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर