प्रधानमन्त्रीले मलाई ६ महिने मन्त्री बनाउने प्रस्ताव गर्नुभएको थियो तर, मैले अस्वीकार गरें: रेशम चौधरी – Nepal Press

प्रधानमन्त्रीले मलाई ६ महिने मन्त्री बनाउने प्रस्ताव गर्नुभएको थियो तर, मैले अस्वीकार गरें: रेशम चौधरी

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई ६ महिना भए पनि मन्त्री बन्न प्रस्ताव गरेको तथ्य बाहिर आएको छ ।

चौधरीले आज आफू रिहा हुँदा प्रधानमन्त्री प्रचण्डले ६ महिनाको लागि मन्त्री बन्न प्रस्ताव गरेको बताएका हुन् । नागरिक उन्मुक्ति पार्टी कैलाली जिल्ला अधिवेशनमा प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी आफ्नी पत्नीलाई हटाएर आफूलाई मन्त्री बन्न प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेको तरआफूले अस्वीकार गरेको चौधरी बताए ।

‘म रिहा भएको बखत प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नुभएको थियो- रेशमजी एउटा अध्याय समाप्त भयो, रञ्जिताजीलाई विश्राम दिएर ६ महिने मन्त्री बन्दिनुहोस्’, चौधरीले भने, ‘मैले रञ्जिताको दुःख देखें, यसको अधिकार रञ्जिताजी हुनुपर्छ भने उहाँलाई नै मन्त्री बनाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर