प्रधानमन्त्रीपत्नीको मृत्युलाई जोडेर फेसबुकमा जथाभावी लेख्ने युवक पक्राउ – Nepal Press

प्रधानमन्त्रीपत्नीको मृत्युलाई जोडेर फेसबुकमा जथाभावी लेख्ने युवक पक्राउ

रूपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्ने बुटवलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनसँग जोडेर सामाजिक सञ्जालमा असंवेदनशील कुरा लेखेको आरोपमा नेपाल प्रहरी साइबर ब्युरोले बुटवलको देवीनगरबाट शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो ।

ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन खोज्दै बुटवल आएर रानालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा पक्राउ परेका रानालाई काठमाडौं लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर