फिल्म बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं: केकी अधिकारी – Nepal Press

फिल्म बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं: केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारीले फिल्मकाे याेजना बनाउने क्रममै मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राख्न जरुरी भइसकेको बताएकी छन् ।

बिहीबार राति अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको खबर बाहिरिएपछि उनले फिल्म निर्माणको समयमा सबै कलाकारहरुको मानसिक स्वास्थ्यबारे ध्यान दिनुपर्ने बताएकी हुन् । कलाकार तथा प्राविधिकहरुले आत्महत्या गर्ने क्रम बढ्दै गएपछि उनले चिन्ता व्यक्त गरेकी छन् ।

उनले  चलचित्र बनाउँदै गर्दा कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राख्न जरुरी भइसकेकाे  उल्लेख गर्दै सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्ने  भन्दै सचेत गराइन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘हामीले चलचित्र निर्माता र मिडिया उद्योगका प्रतिनिधिको रूपमा हाम्रो बजेट योजना बनाउँदा वा चलचित्र हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भइसकेको छ । सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *