वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो मधेशको मुख्य न्यायाधिवक्ता नियुक्त – Nepal Press

वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो मधेशको मुख्य न्यायाधिवक्ता नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार महतो नियुक्त भएका छन् ।

महतो धनुषाको सबैला नगरपालिका ६ का हुन् । मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम महतोलाई प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर