रमा कोइराला ‘अद्रिजा’ को कविता संग्रह ‘प्रतिबोधन’ बजारमा – Nepal Press

रमा कोइराला ‘अद्रिजा’ को कविता संग्रह ‘प्रतिबोधन’ बजारमा

काठमाडौं । कवयित्री रमा कोइराला ‘अद्रिजा’ को कविता संग्रह ‘प्रतिबोधन’ सार्वजनिक गरिएको छ । पहिलो कृति ‘प्रेमिल भावना’ प्रकाशन गराएर नेपाली काव्य क्षेत्रमा उदायकी रमाले दोस्रो कृतिस्वरूप ‘प्रतिबोधन’ ल्याएकी हुन् ।

हाल ढकाल गाउँ, रानीपूल सिक्किम गान्तोकमा बस्दै आएकी रमाले यो कविता संग्रहको प्रकाशक छोराहरू अर्पण र मनिश रहेका छन् । यो कविता संग्रहमार्फत् स्रष्टाले मातृभूमि र नेपाली भाषाको संरक्षणलाई जोड दिएकी छन् ।

‘प्रतिबोधन’ मा ६८ वटा कविताको संगालो रहेको उनले बताइन् । सबै कविताहरू गद्य शैली भएको र अधिकांश कविता २० हरफभन्दा कम रहेको उनले सुनाइन् ।

‘प्रतिबोधन’ मा सँगालिएका कवितामार्फत् आध्यात्मिकता र आदर्श अँगाल्नुको साथै पारिवारिक एकता, मातृभूमि र नेपाली भाषाप्रति अगाध स्नेह, राष्ट्रप्रेम र प्रकृति चित्रणलाई जोड दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *