प्रकाश सपूतको ओपिनङ दृश्य खिच्दै सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन – Nepal Press

प्रकाश सपूतको ओपिनङ दृश्य खिच्दै सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुति रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ छायांकन ओखलढुङ्गाको रुम्जाटारबाट सुरु गरिएको छ । चलचित्रको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बाल कलाकार जान्वी पौडेलले दिएका छन् ।

चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहनेछ । त्यस्तै विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

चलचित्रको बाल कलाकारमा जान्वीसँगै र स्वयम् केसीको अभिनय रहनेछ ।

चलचित्रका लेखक तथा निर्देशक सरोज पौडेल हुन् । सोसल-ड्रामा जनरामा बन्ने चलचित्र गन्धर्व परिवारको कथामा आधारित रहने बताइएको छ ।

चलचित्रमा कलाकारहरुको भूमिकाबारे अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित सबै कलाकारहरूलाई शीर्ष भूमिकामा देख्न सकिने निर्माता विनोद पौडेलले बताए ।

महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत र हेमन्त कान्छा रसाइलीको सारङ्गी रहनेछ । विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन ।

निर्माण टीमले चलचित्रलाई २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर