‘ह्रस्व दीर्घ’मा नीता ढुंगानाको पहिलो लुक्स सार्वजनिक – Nepal Press

‘ह्रस्व दीर्घ’मा नीता ढुंगानाको पहिलो लुक्स सार्वजनिक

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको चलचित्र ‘ह्रस्व दीर्घ’मा उनको पहिलो लुक्स सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा नीता हातमा बज्र लिएर उभिएकी छन् । दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम र अली तथा नेपाली कलाकारहरु किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्र पनि पोस्टरमा देखिएका छन् ।

असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकीय नेपाली चलचित्र हो । नेपाली सिने क्षेत्रमा द्वन्द्व निर्देशकको रुपमा स्थापित उनले यसअघि केही भोजपुरी चलचित्रको निर्देशन गरेका छन् ।

‘ह्रस्व दीर्घ’मा नेपाली र दक्षिण भारतीय चलचित्रका चर्चित कलाकारहरु नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रवीन्द्र झा, ब्रह्मानन्दम, अली, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।

हरिहर अधिकारीको कथा लेखन रहेको चलचित्रलाई भारतीय छायांकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड चलचित्र खिचिसकेका छन् ।

नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको चलचित्रमा मित्र डी गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर