समाचारमा छाएपछि एलिनाको गुनासो- मैले केही पोस्ट गर्नै नपाउनू ? – Nepal Press

समाचारमा छाएपछि एलिनाको गुनासो- मैले केही पोस्ट गर्नै नपाउनू ?

काठमाडौं । गायिका एलिना चौहान र कन्ट्रोभर्सी आफैंमा परिपूरक झैं बन्दै गइरहेका छन् । जानेर वा नजानेर उनी बारम्बार कन्ट्रोभर्सीमा परिरहेकी हुन्छन् र प्रष्टीकरण दिनु परिरहेको हुन्छ ।

एलिनाले हिजो धरधरी रुँदै गरेको भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । सो भिडिओले उनका फ्यानहरुलाई चस्का पर्‍यो । भिडिओमा एलिनाको अनुहारमा राता ‘डामहरु’ समेत थिए ।

भिडिओमा एलिनाको गीत चयन र लेखेको ‘क्याप्सन’ ले उनका शुभचिन्तकहरुमा चिन्ता बढायो ।

एलिनाले भिडिओ बनाइएको भारतीय गीतको बोल छ- थारा पैसा, थारी दौलत, थारी गाडी, थारा नाम, थारा बंगला, थारा गाँव, तुम्ही रखो रे’

यो गीतको भावार्थ हो- तिम्रो पैसा, तिम्रो सम्पत्ति, तिम्रो गाडी, तिम्रो नाम, तिम्रो घर, तिम्रो गाउँ तिमीसँगै राख ।

यस्तै क्याप्सनमा एलिनाले लेखेकी थिइन्, ‘एउटा वास्तविक पुरुषले तपाईंलाई त्यसबेला पनि सम्मान गर्छ, जब ऊ तपाईंप्रति बहुला भएको हुन्छ । यो सम्झिनु ।’

अर्को भिडिओमा लेखेकी छन्, ‘हेपाइ सहनका लागि कारण होइन प्रेम । गीतले साँच्चै छोयो ।’

एलिनाका फ्यानहरुले यो भिडिओ हेरेपछि श्रीमानसँग केही खटपट परेको त होइन भन्ने अड्कलबाजी सुरु गरे । मिडियाहरुमा पनि भटाभट समाचार आउन थाले । अन्ततः एलिनाले यस विषयमा मुख खोलेकी छन् । सबैले अनुमान गरे जस्तो नराम्रो केही नभएको र आफू सकुशल रहेको उनको भनाइ छ ।

आफ्नो भिडिओलाई लिएर समाचार बनाइएकोमा एलिनाले असन्तुष्टि प्रकट गरेकी छन् । आफूलाई मन परेको गीतमा एउटा कन्सेप्ट बनाएर भिडिओ बनाएको भन्दै उनले वास्तविकता नबुझीकन समाचार बनाइएको उनको गुनासो छ ।

एलिनाको पूरा भनाइ यस्तो छः

‘टिकटकमा जताततै एउटा गीत देखेपछि युट्यूबमा गएर हेर्दा राम्रो लाग्यो । राम्रो लागेपछि एउटा कन्सेप्ट सोचेर मैले पनि भिडियो बनाएर हालें । भिडियो देखेपछि सबैले यसलाई त बुढाले पिटेछ, मारेछ भन्ने सोच्नुभएछ । हुन त मैले पनि त्यस्तै, भिडियो बनाएको थिएँ । चलेको गीत भएकाले सबैलाई थाहा छ होला भन्ने लागेको थियो, तर थाह नहुन पनि सक्छ । थाह नभएर फ्यानहरु चिन्तित हुनु स्वाभाविक पनि हो, तर अनलाइन मिडियाहरुले समाचार बनाउनुअघि चाहिँ मलाई एकचोटी सोध्नुभएको भए हुन्थ्यो । सबैले भाइरल हुन हो कि किन भनेर समाचार बनाउनु भएछ । अब मैले कुनै गीत मनपर्‍यो भने भिडियो बनाउनै नपाउनू ? कि सधैं लभ परेको गीतमा मात्र बनाउनु पर्ने हो कि ? अरुको गीतमा बनाउनै नहुने हो कि ? सधैं आफ्नै गीतमा बनाउनुपर्ने हो कि ? मैले यो कुरै बुझिनँ । म एकदमै सकुशल छु र चाँडै नेपाल आउँदैछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर