प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो : मन्त्री किराँती (भिडिओ) – Nepal Press

प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो : मन्त्री किराँती (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा देशले समृद्धिको जग हाल्न सक्ने ठूलो सम्भावना रहेको बताएका छन् ।

शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव कार्यक्रमको पूर्व सन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री दाहालकै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताए । उनले भूगोलका हिसाबले सानो भएपनि नेपाल संस्कृति र भाषाका हिसाबले सानो नभएको बताए ।

मन्त्री किराँतीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा र भ्रष्टाचारको विरुद्धमा सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताए ।


प्रतिक्रिया

One thought on “प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो : मन्त्री किराँती (भिडिओ)

  1. पद बचाउन प्रचण्डको भवन गाउन थालेछन् किराँतीजि पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *