झलनाथको प्रश्न- गाउँगाउँमा चर्चका बिल्डिङ कसरी ठडिए, धर्म परिवर्तन कसले गराउँदैछन् ? (भिडिओ) – Nepal Press

झलनाथको प्रश्न- गाउँगाउँमा चर्चका बिल्डिङ कसरी ठडिए, धर्म परिवर्तन कसले गराउँदैछन् ? (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरु विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक संकट बढ्दै गएको टिप्पणी गरेका छन् ।

नेकपा एसको सम्पर्क विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले बितेका तीन चार वर्षको बीचमा गाउँगाउँमा डरलाग्दो ढंगले धर्म परिवर्तन र चर्चका भवनहरु बनिरहेको बताए ।

उनले भने, ‘हाम्रोसामु सांस्कृतिक संकट डरलाग्दो ढंगले बढेको छ । गाउँगाउँमा, वार्डवार्डमा चर्चहरु ठडिएका छन् । यो तीन चार वर्षको बीचमा यत्रा चर्चका बिल्डिङहरु कसरी बने ? साढे ८ हजार चर्च कसरी बने ? अझ अमेरिकाबाट विदेशीमन्त्री कुर्लिन्छ, नेपालमा हिन्दूको लागि कोष छ, बुद्धिष्टको लागि कोष छ तर, क्रिश्चियनलाई किन खोइ भनेर ।’

अमेरिकी विदेश मन्त्रालयको पछिल्लो रिपोर्टले नेपाललाई धार्मिक युद्धमा फसाउन खोजेको आरोपसमेत खनालले लगाए ।


प्रतिक्रिया

2 thoughts on “झलनाथको प्रश्न- गाउँगाउँमा चर्चका बिल्डिङ कसरी ठडिए, धर्म परिवर्तन कसले गराउँदैछन् ? (भिडिओ)

  1. तिम्रै मालिक पश्चिमाका नेपाल एजेण्टहरूले धर्म परिवर्तन गराईरहेका छन् । सहयोगी तिमी पनि हौ ।

  2. कम्युनिस्ट सत्ता आफै बिथोल्ने दलाल पुजिबादी सग घाट जोड्ने अनि कम्युनिस्ट बिभाजित भयो रे! लाजको पसारो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर