नागरिकता माग्दै गरिएको प्रदर्शनमा एक युवकले गरे आत्महत्या प्रयास – Nepal Press

नागरिकता माग्दै गरिएको प्रदर्शनमा एक युवकले गरे आत्महत्या प्रयास

काठमाडौं । नागरिकता माग्दै आन्दोलनमा उत्रिएका एक युवाले आज माइतीघरमा आत्महत्या प्रयास गरेका छन् ।

माइतीघरमा प्रदर्शनका क्रममा बाराका ४० वर्षीय सरोज शाहले डोरीले घाँटी कस्दै आत्महत्याको प्रयास गरेका छन् । बेहोस भएपछि उनलाई प्रहरी र साथीहरूले उद्धार गरेर अस्पताल लगेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मुद्दाको पेसी पटकपटक स्थगित भएको भन्दै उनले न्यायको मागसहित आक्रोश व्यक्त गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *