प्रतिनिधिसभामा आज तीन मन्त्रालयको बजेटमाथि छलफल हुने – Nepal Press

प्रतिनिधिसभामा आज तीन मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।

संघीय संसद् भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल  सकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर