प्रचण्डको अनुभव- एमालेसँग एकता गर्न हतारो गरेछौं, त्यतिबेला पनि मोर्चाबाट जानुपर्थ्यो – Nepal Press

प्रचण्डको अनुभव- एमालेसँग एकता गर्न हतारो गरेछौं, त्यतिबेला पनि मोर्चाबाट जानुपर्थ्यो

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठनको बेलामा पार्टी एकताको लागि आफूहरुले हतारो गरेको बताएका छन् ।

समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले मोर्चाबाट गएको भए सफल हुने विश्वास व्यक्त गरे ।

प्रचण्डले नेकपा बचाउन नसकेकोप्रति आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले कहाँ त्रृटि गर्‍यौं, ऐतिहासिक रुपले समीक्षा गरौं । सायद त्यतिबेला पार्टी एकता गर्ने हतारो पो गरेछौं कि ? हामीले त्यतिबेला नै मोर्चाबाट काम सुरु गरेर छलफल गर्दै गएर एकतामा पुग्ने उद्देश्यले गएका भए सफल हुन्थ्यो कि ? यो सोच्नुपर्ने प्रश्न छ ।’

निश्चित विचार र सिद्धान्तको साथ अघि बढेर सफल भएको उल्लेख गर्दै उनले सिधै पार्टी एकता गरेकाले दुर्घटना भएको बताए ।

प्रचण्डले अब समाजवादी मोर्चाको सफलतालाई कसैले रोक्न नसक्ने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर