सरकारलाई लिङ्देनको प्रश्न- नागरिकता विधेयक एमाले, रास्वपा र राप्रपाको कारणले रोकिएको हो ? (भिडिओ) – Nepal Press

सरकारलाई लिङ्देनको प्रश्न- नागरिकता विधेयक एमाले, रास्वपा र राप्रपाको कारणले रोकिएको हो ? (भिडिओ)

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलले सत्तापक्षले नागरिकता विधेयकलाई भोट बैंकको रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूहरुले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रक्रियामा प्रश्न उठाएको बताए ।

उनले भने, ‘सत्तापक्ष यदि इमान्दार थियो भने जहाँ गएर अड्किएको थियो । त्यहाँ विवाद हुन्छ भन्ने सत्तापक्षलाई थाहा थियो । त्यसलाई अगाडि बढाउन सर्वदलीय बैठक राख्न सकिन्थ्यो कि सकिँदैनथ्यो ? तर, भारत भ्रमणमा जानुअघि सुटुक्क प्रमाणीकरण गर्नुपर्ने कारण के थियो ? अहिले रोकिएको एमाले, रास्वपा र राप्रपाको कारणले रोकिएको हो ? हामीले गएर मुद्दा हालेको हो ? तपाईंहरुलाई थाहा थियो । भारत पनि खुशी हुन्छ, नागरिकता नपाएका पनि खुशी हुन्छन् कसै न कसैले अदालतमा उजुरी हालिहाल्छ ।’

सरकारले समस्याको समाधान चाहेमा संसदमा ल्याएर फास्ट ट्रयाकबाट टुंग्याउन सकिने बताए । उनले नागरिकलाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर