युक्रेन युद्धपछि अमेरिकी नेतृत्वको विश्व व्यवस्था अन्त्य हुन्छ: रुसी विदेशमन्त्री – Nepal Press

युक्रेन युद्धपछि अमेरिकी नेतृत्वको विश्व व्यवस्था अन्त्य हुन्छ: रुसी विदेशमन्त्री

काठमाडौं । रुस र युक्रेनको युद्ध अन्त्य भएपछि अमेरिकी नेतृत्वको विश्व व्यवस्था अन्त्य हुने रुसी विदेशमन्त्री सेर्गी लेभ्रोबले बताएका छन् । लेभ्रोबले युद्ध पछि युक्रेनले रुसले कब्जा गरेको भूमिलाई त्याग्ने र रुसी भएको स्वीकार्ने समेत दाबी गरेका छन् ।

रुसी विश्व च्यानल आरटीसग शुक्रबार सेन्ट पिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनको दौरानमा बोल्ने लेभ्रोबले यस्तो बताएका हुन् । युक्रेन युद्ध रुस र युक्रेनको मात्रै नभएर पश्चिमा देश र रुसको भूराजनीतिक युद्ध भएको लेभ्रोबले बताएका छन् ।

पश्चिमा देशहरुले युक्रेनमा प्रोक्सी युद्ध लढेको भन्दै उनले जित रुसकै हुने दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *